बागलुङ बसपार्कमा भोलि खुला रक्तदान हुँदै
पाेखरा | साउन २३, २०८१
पोखरा: लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एम, जोन नाइन अन्तरगर्तका लायन्स क्लबले पोखरा महानगरपालिका २ स्थितबागलुङ बसपार्कमा खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
लायन्स क्लब अफ पोखरा गतिशिल, लायन्स क्लब अफ पोखरा गोल्डेन भिलेज, लायन्स क्लब अफ पोखरा ग्रिन वेभको सँयुक्त आयोजनामा यही बिहीबार रक्तदानको आयोजना गरिएको ग्रीन वेभकी अध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् ।
उनका अनुसार रक्तदान बिहानी ७ बजेबाट सुरु हुनेछ ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पुरीले बताइन् । ‘क्लबले हरेक वर्ष आफ्नो वाषर््िाक कार्यतालिका अनुसार विभिन्न कार्यक्रमहरु गर्नुपर्ने हुन्छ, उनले भनिन्, ‘सोही अन्तर्गत हामीले रक्तदानको आयोजना गरेका हौं । यसले रगतको अभावलाई केही हदसम्म कम गर्न सघाउ पुग्ने हाम्रो विश्वास छ ।’
अहिले प्राकृतिक विपत्तीका कारण गण्डकी प्रदेशमा तुलनात्मक रुपमा रगतको कमी भएको बताइएको छ ।
सो कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त रञ्चार केन्द्रको रहने छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

